गणेश नेपालीलाई शहीद घोषणा गर्न मिराज ढुङ्गानाको माग

जेनजी अभियन्ता मिराज ढुङ्गानाले फेसबुकमार्फत गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने भन्दै ६ बुँदे धारणा सार्वजनिक गरेका छन्। ढुङ्गानाले गणेश नेपालीको घटना आत्महत्या नभई आत्मदाह भएको दाबी गर्दै यसलाई राज्यको नीतिप्रति गरिएको प्रतिरोधका रूपमा व्याख्या गरेका छन्। शरीरमा पेट्रोल छर्केर जीवन त्याग गर्नु केवल व्यक्तिगत निर्णय नभई समाज र राज्यलाई सन्देश दिने कार्य भएको उनको भनाइ छ।

उनका अनुसार गणेश नेपालीको आत्मदाह भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव गरेको ट्राफिक जरिवाना सम्बन्धी व्यवस्थाप्रति असन्तुष्टिको चरम अभिव्यक्ति हो। उनले नागरिकको आर्थिक अवस्था र जनभावनालाई बेवास्ता गर्दै ल्याइएका नीतिका कारण यस्तो अवस्था सिर्जना भएको दाबी गरेका छन्।