धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्कियो, ८ जना घाइते

धनुषाको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार गाडी र एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको छ । मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान अन्दाजी ०६:२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको उपमेयर भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक सहित एम्बुलेन्समा सवार ५ जना तथा अर्को गाडीमा सवार ३ जना गरी ८ जना घाइते भएका हुन् । घाइते सवैलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया, धनुषा पठाइएको छ । घटनाबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी हुन घाइतेहरू–

१. जिल्ला धनुषा, मिथिला नगरपालिका–१ बस्ने अन्दाजी ४९ वर्षीय दिपेन्द्र कुमार महतो (एम्बुलेन्स चालक) (सामान्य)

२. जिल्ला महोत्तरी, गौशाला नगरपालिका–५ बस्ने अन्दाजी ४५ वर्षीय बसन्त कुमार सिंह (सामान्य)

३. जिल्ला महोत्तरी, गौशाला नगरपालिका–५ बस्ने अन्दाजी ४० वर्षीया रेणु कुमारी महतो (मध्यम)

४. जिल्ला धनुषा, मिथिला नगरपालिका–९ बस्ने अन्दाजी ६० वर्षीया राजु देवी (पहिलेदेखि पक्षघात/प्यारालाइसिसकी बिरामी)(सामान्य)

५. जिल्ला धनुषा, मिथिला नगरपालिका–९ बस्ने अन्दाजी ६५ वर्षीय लक्ष्मी महतो (सामान्य)

सरकारी गाडीमा सवार घाइतेहरूको विवरण:

१. जिल्ला धनुषा, धनुषाधाम नगरपालिका–८ बस्ने अन्दाजी ५० वर्षीय बद्री भुजेल (सरकारी गाडी चालक) (सामान्य)

२. अन्दाजी ६५ वर्षीया विद्दा भुजेल, धनुषाधाम नगरपालिकाकी उपमेयर (सामान्य)

३. जिल्ला धनुषा, धनुषाधाम नगरपालिका–८ बस्ने अन्दाजी ७० वर्षीय भीमराज भुजेल (सामान्य