अमेरिकी डेमोर्क्र्याटिक सांसद रो खन्नाले प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैंक भ्रमणका क्रममा आफू र आफ्नो टोलीलाई उक्त क्षेत्रका सशस्त्र इजरायली नागरिक (सेटलर्स)ले दुई घण्टासम्म नियन्त्रणमा लिएर बन्धक बनाएर राखेको आरोप लगाएका छन् ।
उनले घटनास्थल पुगेका इजरायली सैनिकले हस्तक्षेप गर्नुको सट्टा बस्तीवासीकै पक्ष लिएको दाबी गरेका छन्। उनले घटनाबारे थप विवरण चाँडै सार्वजनिक गर्ने बताएका छन् ।
यो घटनाले कब्जामा रहेको वेस्ट बैंकमा इजरायली बस्तीवासीको हिंसात्मक गतिविधिप्रति फेरि अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराएको छ ।


















