साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो। जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


















