मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले गरेका विभिन्न ७ वटा निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन् ।
बैठकले मिटरब्याज पीडितसँग वार्ताका लागि सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने, रु. १ र २ का नयाँ सिक्का छाप्न नेपाल राष्ट्र बैंकलाई अनुमति दिने तथा कोरियाबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै, वन क्षेत्रमा रुख हटाउने स्वीकृति, मन्त्रालयहरूको संगठन संरचना तथा दरबन्दी स्वीकृति, नीति अनुसन्धान प्रतिष्ठानसम्बन्धी अध्यादेश र सेवा करार कर्मचारी व्यवस्थापनसम्बन्धी व्यवस्था पनि अनुमोदन गरिएको छ।


















