प्रधानमन्त्री बालेनले पुँजीबजारका लगानीकर्ता भेट्नासाथ नेप्सेमा हरियाली

शेयरबजार परिसूचक नेप्से आज ४१ अंकमाथिले बढेको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पुँजीबजारका व्यवसायीहरूसँगै आज नियामक नेपाल धितोपत्र बोर्ड, र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्षसँग भेट गरेका छन् । यसै दिन नेप्से सूचक ४१.७० अंकले बढ्दै २ हजार ७१९.२४ अंकमा उक्लिएको छ ।

आज कारोबार समेत ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ४५ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक आज धनात्मक भएका छन् । आज सबैभन्दा बढी आँगु खोला जलविद्युत कम्पनीको २९ करोड १५ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

२३९ कम्पनीको शेयर मूल्य बढ्दा आज जम्मा ३२ कम्पनीको शेयर मूल्य घटेको छ ।