देशका विभिन्न स्थानमा १३ वटा सडक अवरुद्ध बनेका छन् । अविरल वर्षाका कारण अन्य दुई सडकमा सवारी सञ्चालनमा रोक लगाइएको गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले मंगलबार जनाएको छ ।
यस्तै एउटा सडक अवरोध हटाइएसँगै सञ्चालनमा ल्याइएको छ । यसबाहेकका राजमार्ग भने निर्वाधरुपमा सञ्चालनमा रहेको शाखाले जनाएको छ ।



















