परराष्ट्रमन्त्री शिशिर खनालको स्वकीय सचिवालयमा प्रेस सल्लाहकार पदमा जगदीश्वर पाण्डे नियुक्त भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार २ वैशाख २०८३ को मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार मन्त्री खनालले नुवाकोटको तादी गाउँपालिका– ४ निवासी पाण्डेलाई नेपाल सरकार विशिष्ट श्रेणीसरहको प्रेस सल्लाहकार पदमा नियुक्त गरेका थिए ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार उक्त नियुक्ति १ साउन २०८३ देखि लागू हुने गरी गरिएको हो । परराष्ट्र मन्त्रालयको सार्वजनिक कूटनीति महाशाखाले आज यसबारे जानकारी दिएको छ ।


















