आफू हिंसामा परेको भन्दै न्याय मागिरहेका निहारिका राजपुत र विनु यादव पक्राउ परेका छन् । केही दिनदेखि सिंहदरबार गेटमा धेर्ना दिइरहेका उनीहरूलाई गेटभित्र प्रवेश गर्दा यसअघि पनि प्रहरीले पक्राउ गरेको भिडियो सार्वजनिक भएको थियो ।
बिहीबार बिहान ९ बजे नै प्रधानमन्त्री कार्यालय पुगेका दुवैलाई प्रहरीले पक्राउ गरेको हो । दुवैलाई महानगरीय प्रहरी प्रभाग मालिगाउँमा राखिएको छ ।


















