भारतले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई औपचारिक भ्रमणको निम्तो पठाइसकेको पुष्टि गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा दिइएको बताएका हुन्।
पत्रकार सम्मेलनमा हालै नेपाली अधिकारीहरूको भारत भ्रमण प्रधानमन्त्रीको सम्भावित भ्रमणको तयारीसँग सम्बन्धित हो कि भन्ने प्रश्नमा जैसवालले त्यसबारे आफूलाई जानकारी नभएको बताए। तर प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो पठाइसकिएको पुष्टि गरे। यद्यपि भ्रमण कहिले हुने वा निमन्त्रणा कहिले पठाइएको हो भन्नेबारे भने भारतीय पक्षले कुनै विवरण सार्वजनिक गरेको छैन।


















