प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको नाम सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तका लागि सिफारिस भएका नामहरू सर्वसम्मत अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

दुई निर्वाचन आयुक्तको संसदीय सुनुवाइ हिजो भएको थियो भने प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्कीको सुनुवाइ आज भएको थियो । समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।