राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएका नेता डा.धवलशम्सेर राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिनु निन्दनीय भएको बताएका छन् ।
सोमबार बिहान विज्ञप्ति जारी गरी उनले संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण प्रसाईंलाई पक्राउ गरिएको जिकिर गरेका छन् ।
प्रसाईंलाई तत्काल रिहा गर्न पनि उनले माग गरेका छन् ।प्रसाईंलाई आइतबार राति भक्तपुरस्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।


















