पहिलोपटक अगस्ट ५ मा सार्वजनिक हुँदै शेख हसिना

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताबाट बाहिरिएको करिब दुई वर्षपछि पहिलोपटक सार्वजनिक रूपमा मिडियासामु आउने भएकी छन् । उनी अगस्ट ५ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने एक भर्चुअल कार्यक्रममा सहभागी हुँदै आफ्ना भविष्यका योजना र बंगलादेश फर्किने सम्भावनाबारे धारणा राख्ने कार्यक्रम छ ।

यो कार्यक्रम ‘फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया’ले आयोजना गरेको हो । कार्यक्रम साँझ ६ बजेदेखि ७ः३० बजेसम्म नयाँ दिल्लीस्थित सर मार्क टली अडिटोरियम, मथुरा रोडमा हुनेछ । यसको प्रत्यक्ष प्रसारण क्लबका सामाजिक सञ्जालमार्फत पनि गरिनेछ ।