क्याप्टेनबाट हटाएर क्यानले रोहित पौडेललाई भन्यो : एक पटकको नेता सधैंको नेता

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट हटाएको छ । उनको स्थानमा सन्दीप लामिछानेलाई पुनः कप्तानको जिम्मेवारी दिइएको छ।एकदिवसीय टोलीको लगातार खराब प्रदर्शनपछि कप्तानी परिवर्तन गरिएको हो । क्यानले एक पटकको नेता सधैंको नेता भएको भन्दै धन्यवाद ज्ञापन गरेको छ ।

क्यानले विज्ञप्ति जारी गर्दै पौडेलको नेतृत्वमा नेपाली क्रिकेटको उपलब्धि अविस्मरणीय रहेको बताएको छ। ‘एउटा राष्ट्रको आशा र भरोसा बोकेर नेपाली क्रिकेटलाई जोश, समर्पण र अटल दृढताका साथ नेतृत्व गरेकोमा तपाईंलाई हृदयदेखि धन्यवाद’, विज्ञप्तिमा भनिएको छ।