नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको वैधानिक सभापति अझै पनि शेरबहादुर देउवा नै रहेको बताएका छन्। बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई स्वागत गर्न पुगेका कोइरालाले सभापतिको जिम्मेवारीमा कुनै कानुनी रोकावट वा ‘स्टे अर्डर’ नरहेको दाबी गरे।
देउवाकै नेतृत्वमा पार्टीलाई बलियो बनाउँदै अघि बढ्नुपर्ने उनको भनाइ छ। पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्न बाहिरिएका पक्षलाई पुनः मूलधारमा ल्याउनुपर्नेमा जोड दिँदै कोइरालाले असन्तुष्टि संवादमार्फत समाधान गर्नुपर्ने बताए। ढिलोचाँडो कांग्रेसका सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नरहेको उनको भनाइ छ।



















