ॐ भन्नु ब्रह्माण्डको केन्द्रविन्दु हो, स्रोत हो । नमः शिवाय को सामान्य अर्थः न को अर्थ नभ माने आकाश, म को अर्थ म माने मस्त हावा हो, शि माने शिखि माने अग्नि, व माने वारि माने पानी हो र य माने यज्ञ माने पृथ्वी हो । नमः शिवायले पूरै ब्रह्माण्डको प्रतिनिधित्व गर्छ । संसारको शिर भाग शिव , पशुपतिनाथ हामीकहाँ छन् । पशुको अर्थ पाशमा बद्ध प्राणी र पतिको अर्थ त्यसलाई मोक्ष दिने पति, मालिक भन्ने हुन्छ । पशुनां पति इति पशुपतिः शव्द निर्माण यसरी भएको छ ।
संसार के हो ? व्याकर्णिक हिसावले हेर्दा सं सरति इति संसार हो । सं माने पूर्ण, सृ माने (धातु सृ) माने सर्ने, नरोकिने, चलायमान, गति भएको, नदीको प्रवाहभैmँ अविरल चलिरहने अर्थात् परिवर्तनशील भन्ने बुझिन्छ ।
आज श्रावणको अन्तिम शनिबार, शिव वन्दना गरौँ ।
यस्याँगे च विभातिभूधरसुता देवापगामस्तके ।
भाले बालविधुर्गले च गरलं यस्योरसि व्यालराट् ।।
सौम्येभूति विभूषणः सुरवरः सर्वाधिप सर्वदा ।
सर्वंः सर्वगतः शिवः शशिनिभः श्रीशंकरपातुमाम् ।।
श्रावणमासमा रुद्री हुन्छ घरघरमा, शिव आराधना हुन्छ ।जलधारा, रुदभिषेक र दूध अर्पण बढ िनै गरिन्छ । यसमा विज्ञान छ । असारमा मन्सनी वर्षाले विषाक्त वर्षा गराउको हुन्छ । विषाक्त जलबाट वनस्पति, घाँस पात विषाक्त हुन्छन्, त्यो खाउको गाइबस्तुले विषाक्त दूध दिन्छन्, पहिलो महिनाको दूध बढी शविलाई अर्पण गरिन्छ, यसले मानव स्वास्थ्यमा नकारात्मक असर गर्न पाउँदैन, शंकर विषधारी छन्, विष पनि पचाउँछन्, शंकर अग्नि हुन् सबै पचाउँछन् । वर्षामा अधिक जल हुने र जलाभिषेक, दूध अभिषेकले अर्चनाबाट शिव प्रसन्न रहन्छन्, मानव स्वास्थ्य पनि राम्रो हुन्छ । वेलपत्र अर्पण गरिन्छ, यसमा महौषधीय गुण हुन्छ र पार्वतीले ३ हजार वर्ष शिव आराधना पति प्राप्तिको लागि कठिन व्रत बस्दा वायुमण्डलमा रहेको निर्विषाक्त वायु भक्षण र वेलपत्र आहारबाट आप्mनो प्राण रक्षा गरेकी थिइन् । वेलपत्रको अर्चनाले शिव प्रसन्न रही मानवको ३ जन्मको पापलाई संहार गर्छन् ।
पशुपतिको नन्दीलाई पहिले दर्शन गर्नु पर्छ, नन्दी साँढे धर्मको रुप हो । धर्मको प्रतीक नन्दी शिवको वाहन हो । धर्मको ४ पाउ हुन्छः सत्य, दया, दान र तप । यसैमाथि मात्र शिव विराजमान हुन्छन् । पृथ्वीले गाईको रुप र धर्मले साँढेको रुप लिएक थिए, कलिको आगमनसंगै परिच्छितले कलि निग्रह गर्दा । सत्संग, शिव स्मरण गर्नेका लागि हरसमय सत्य युग नै हुन्छ ।
हाम्रा हरेक अक्षर मूल मन्त्रका छन्, हरेक वनस्पतिमा महौषधि छ, अयोग्य व्यक्ति कोही छैन र केवल योजकको अभाव छ, अर्थात् पूजक, आयोजक, प्रायोजक, संयोजक कर्ताको ।
अमन्त्रंमक्षरं नास्ति नास्ति मूलमनौषधम् ।
अयोग्य पुरुषो नास्ति योजक तत्रः दूर्लभः ।।
पूजाका सामान शंख, घण्ट, कुश, पुस्तक, शालिग्राम, वेद पुस्तक, ब्राह्मणलाई आसन बिना राख्नु हुन्न, पृथ्वीसंग त्यो भारवहन क्षमता छैन ।
येषाँ न विद्या न तपो न दानं ज्ञानं च शीलं न गुणो न धर्मः ।
ते मत्र्यलोके भूविभारभूता मनुष्यरुपेण मृगाश्चरन्ति ।।
जोसंग यी मध्येको कुनै गुण छैन ती मानिसका रुपमा मृगसरह मत्र्यलोकमा घुमिरह्न्छन् ।
विरक्तो वैष्णवो विप्रो वेदशास्त्र विशुद्धकृत ।
दृष्टान्त कुशलो धीरो वक्ता कार्याेऽतिनिःस्पृहः
अर्थात् विरक्त, शिव विष्णु भक्त, ब्राह्मण वेदज्ञ, अनेकानेक दृष्टान्त दिन सक्ने संशय क्षय गर्न सक्ने, धीर, कुशल वक्ता नै व्यासपीठका लागि योग्य हुन्छन् । अन्य कार्य जो कोहीले गर्न सक्ने भए पनि व्यासमा यी योग्यता हुन जरुरी छ, व्यास स्वयं इश्वर अवतार हुन्छ, जसले वेदव्यासको रुपमा रहेर शास्त्रीय चर्चा गर्छ ।
देवता धेरै हुन्छन्, काम विशेषका किन्तु ईश्वर नारायण हुन् तिनका अनेकौँ अवतार पनि ईश्वरै हुन्, परन्तु शिव महा ईश्वर हुन् जसलाई महेश्वर भनिन्छ । गहस्थी घरका देवता वावु, आमा देवता, गुरु देवता, पुरोहित देवता, इन्द्र देवता, बायु अग्नि, यम, वरुण, सबै देवता हुन् , हिसाव गदौ ३३ कोटी बढी छन् । तर ईश्वर त्यो हुन्छः जोसँग ऐश्वर्य छ, त्यही भगवान हुन्छ, देवता र भगवानमा केही अन्तर रहेको छ, भगवानले गर्न सक्ने, नसक्ने अन्यथा सक्ने सबै काम गर्न सक्छ । भक्तहरुले मानेकै भरमा कोही भगवान हुन्न, कलिमा त धेरैले आप्mना गुरुलाई भगवान भन्ने गरेका छन्, त्यस्तो हुन्न । सत्य युगमा हिरण्याक्ष, हिरण्यकशिपुले त्रेतामा रावण आदिले र द्वापरमा कंस, शिशुपाल, पौण्डृक, दन्तबक्रहरुले आपूmलाई भगवान भने सबै, नासिए ।
मातृवत्परदारेषु परद्रव्येषु लोष्ठवत् ।
आत्मवत् सर्वभुतेषु यः पश्यति सः पण्डितः ।।
पण्डित त्यो हो, जसले अर्काकी स्त्री आमा समान, अर्काको सम्पति पत्झर समान, सबै प्राणिप्रति आत्मा समान व्यवहार गर्छ ।
महाभारतको कथन छः
सत्यं माता पिता ज्ञानं धर्मोभ्राता दया सखा ।
शान्तिः पत्नी क्षमा पुत्रः षडैते मम बान्धवा ।।
माता सत्य हुन्, पिता ज्ञान हुन्, दाजुभाइ दया हुन्, पत्नी शान्ति हुन्, छोराछोरी क्षमा हुन्, यी ६ थरी मेरा बन्धु हुन् ।
माता, मामा—मत्र्यलोकका मालिक । भूलोकका स्वामी
आचार्य । गुरु । पुरोहित– ब्रह्म लोकका मालिक
पिता—प्रजापति लोकका मालिक
अतिथि । पाहुना — लोकालोकका मालिक
ज्वाइँं । भिना — अप्सरा लोकका मालिक
बन्धु । बान्धव । सम्धी । कुटुम्व —देवलोकका मालिक
बालक । बृद्ध । रोगी । असहाय । असक्त — आकाश लोकका मालिक
बैद्य । चिकित्सक । डाक्टर — अश्विनीकुमार लोकका मालिक
भाइ — बसुलोकको मालिक
दाजु — पितृलोकका मालिक
पत्नी – वायुलोककी ईश्वरी । छोरी — अप्सरालोककी ईश्वरी
पति । पत्नी । पुत्र – स्वशरीर नै हुन्
परिवार । समूह । समुदाय । राष्ट्र । ब्रह्माण्डप्रति वैरभाव नगर्ने (– अशान्ति, कलह, संकट) वैरता नहुनु वीरता हो । विजयी व्यक्ति त्यही हो — सफल र असल पनि ।



















