नेपाली कांग्रेसका सभापति गगन थापाले सोमबार जारी केन्द्रीय कार्यसमिति बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । पार्टी मुख्यालय सानेपामा बैठक समापनका क्रममा थापाले पार्टीभित्रको पछिल्लो आन्तरिक समीकरण र संस्थापनइतर समूहको गतिविधिबारे धारणा राख्नेछन्।
विशेष गरी संस्थापनइतर समूहले काठमाडौँमा गरेको तीन दिने राष्ट्रिय भेलाको निर्णयका सम्बन्धमा थापाले विस्तृत जवाफ दिने तयारी गरेका कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।


















