जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
यसअघि अदालतले उनलाई ३ दिन थुनामा राख्न अनुमति दिएको थियो । म्याद सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले थप समय मागेपछि अदालतले ४ दिनको म्याद थप गरेको हो ।


















