यूएईले इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ। यूएईको विदेश मन्त्रालयले बढ्दो क्षेत्रीय तनावले शान्ति र सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ।
यसअघि यूएईले इरानले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरे पनि इरानले उक्त आरोप अस्वीकार गरेको थियो।

















