नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कांग्रेससँगको सहकार्य टुटेपछि प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
कांग्रेस प्रमुख सचेतक गोपाल तामाङका अनुसार बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
नेपाली कांग्रेसले अब संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनले बताए ।


















