७ अंकले बढ्यो शेयरबजार, ४ अर्ब ४० करोडको कारोबार

शेयरबजार परिसूचक नेप्सेमा बिहीबार ७ अंकमाथिले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ७.१७ अंकले बढ्दै २ हजार ६२९.४० अंकमा उक्लिएको हो ।

७ अंकमाथिले सूचक बढ्दा आज बजारमा ४ अर्ब ४० करोड १४ लाख ९ हजार रुपैयाँबराबरको ९५ लाख ७६६ कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ । अघिल्लो दिन झिनो अंकले सूचक घट्दा ३ अर्ब २६ करोड रुपैयाँबराबरको शेयर दोस्रो बजारमा किनबेच भएको थियो ।

आज बैंकिङ, हाइड्रोपावर, इनभेस्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो र अन्य समूहको उपसचूक धनात्मक भएका छन् भने बाँकी ७ वटा उपसूचक ऋणात्मक भएका छन् । १३२ कम्पनीको शेयरमूल्य बढ्दा आज १३२ कम्पनीकै शेयरमूल्य घटेका छन् ।

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्टस् इन्ड्रस्ट्रीको शेयरमूल्य समान १४.९९ प्रतिशतले बढेको छ भने आज कुमारी धनवृद्धि योजनाको मूल्य ९.७७ प्रतिशतले घटेको छ ।