नौसेनाका लागि उच्च उचाइमा लामो समयसम्म उडान भर्न सक्ने दुईवटा ‘एमक्यू–९बी सी गार्डियन’ड्रोनहरू ३० महिनाका लागि भाडामा लिन भारतले जनरल एटमिक्स एरोनटिकल सिस्टम्ससँग सम्झौता गरेको छ ।
१९ अर्ब ४३ करोड भारुको लागतमा यो सम्झौता पत्रमा हस्ताक्षर भएको बिजनेस रेकोर्डरले जनाएको छ ।यो सम्झौताले भारतीय नौसेनाको समुद्री क्षेत्रको निगरानी क्षमतालाई महत्वपूर्ण रूपमा अभिवृद्धि गर्ने र हिन्द महासागर क्षेत्र भरिका गतिविधिहरूमा नजर राख्ने तथा जवाफ दिने क्षमतालाई थप सुदृढ बनाउने उल्लेख गरिएको छ।
यसअघि सन् २०२० मा पनि भारतीय नौसेनाले जनरल एटमिक्सबाट एक वर्षको अवधिका लागि दुईवटा ‘एमक्यू–९ए सी गार्डियन’ ड्रोनहरू भाडामा लिएको थियो, जसको समयसीमा पछि थप गरिएको थियो।


















