काठमाडौँ, ६ भदौः उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जितपुर घटनाका दोषीलाई कडा कारबाहीको माग गर्नुभएको छ । पूर्वमन्त्री घिसिङले आज विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन माग गर्नुभएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि हराइरहेकी बालिकाको यही भदौ २ गते शव सोही स्थानको एक घरमा भेटिएको थियो । प्रहरीका अनुसार बालिकाको करणीपछि हत्या भएको हो । उज्यालो नेपालले बालिकामाथि भएको जघन्य अपराधले समाजमा बालबालिकाको सुरक्षा र राज्यको दायित्वमाथि प्रश्न उठाउँदै पीडितलाई न्याय दिन माग गरेको छ । –––



















