सरकारले जनतालाई त्रास र डरमा राख्ने काम गरिरहेको  छ। केपी  ओली

 

६ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई त्रास र डरमा राख्ने काम गरिरहेको आरोप लगाएका छन् ।

शनिबार नगरकोटमा आयोजित पार्टीको जनसंगठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकार बनेकै दिन आफूलाई गिरफ्तार गरेर सरकारले अन्य सर्वसाधरणलाई पनि थर्कमान गराएको टिप्पणी गरे ।

‘सरकार बनेको दिन पहिलो निर्णय केपी ओलीलाई समाउने भन्ने गरेर रातभर लगाएर बिहानपख गिरफ्तार गर्‍यो । मलाई गिरफ्तार किन गरेको भने,’ उनले थप प्रष्ट पार्दै भने, ‘उसलाई थाहा छ मैले यस्ता बारुला मात्रै होइन, कति अरिंगाल, कति बच्छ्यूँ खाएको छ ।

‘सम्बोधनको क्रममा थप भनेका छन्, ‘केपी ओलीलाई त समाइयो अरुलाई के हो र ? भनेर थर्कमान गराउन मलाई समाइयो । यी बारुलासँग डराएर हामीले देश सधैं यिनीहरूका जिम्मा लगाउन सकिंदैन । आजको आवश्यकता हो, प्रतिगमनबाट देश फर्काउनू, प्रतिगनकारीहरूलाई पराजित गर्नू, अपहरित लोकतन्त्र फिर्ता ल्याउनू, मिचिएको संविधानलाई मिच्न नदिनू र फेरि ल्याउनू । सुशासन र विकासको बाटोमा फेरि देशलाई ट्र्याकमा ल्याउनू   छ