गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री सुदन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् । गृहमन्त्री गुरुङले भदौ ८ गते नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् । साँझ ५ बजेपछि पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव र अपेक्षा राख्न सक्नेछन्।

त्यसपछि मन्त्री, सांसद र पार्टी नेतृत्वबीच नागरिकका सुझाव तथा समसामयिक नीतिगत विषयमा छलफल गरिने रास्वपाले जनाएको छ।