मुख्य प्रभावित क्षेत्रबाट बिहीबार मात्रै ४४९ जनाको हवाई उद्धार

नेपाली सेनाले बाढीबाट मुख्य प्रभावित क्षेत्र टिमुरे, स्याफ्रुबेँशी र मैलुङबाट बिहीबार ४४९ जनाको उद्धार गरेको छ। हेलिकाेप्टरमार्फत रसुवाको टिमुरे, स्याफ्रुबेँशी र मैलुङ लगायतका इलाकाबाट प्रभावितहरूको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाले आज १३ भारतीय र ४ जर्मनसहित १७ जना विदेशी पर्यटकको पनि उद्धार गरेको छ । प्रभावित जिल्लाहरूमा खोज तथा उद्धारमा ४५ सय सैनिक परिचालन गरिएको सेनाको सूचना निर्देशनालयले जनाएको छ ।