माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने ‘लकर’

धादिङको गल्छी गाउँपालिका–६, बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने ‘लकर’ फेला परेको छ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट खटिएको टोलीले शनिबार लकर फेला पारेको हो ।

उक्त लकर आदमघाट बेसबाट करिब ६ किलोमिटर पूर्व राजमार्ग क्षेत्रमा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।