बाढी प्रभावितलाई एलपी ग्यास व्यवसायीले साढे १२ सय सिलिन्डर उपलब्ध गराउने

नेपाल एलपी ग्यास उद्योग संघले बाढीबाट प्रभावित नागरिकको राहतका लागि १ हजार २ सय ५० थान भरिएका एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ ।

विपद् सबैको साझा जिम्मेवारी भएको भन्दै प्रभावित नागरिकको तत्कालीन आवश्यकता र कठिनाइलाई मध्यनजर गर्दै सहयोग गर्न लागिएको संघले जनाएको छ । संघले उपलब्ध गराउने ग्यास सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित वर्गमा वितरण गरिनेछ।