रसुवा बाढीमा मृतकको संख्या १ हजार नाघ्यो, ४ हजार ६ सयभन्दा धेरै बेपत्ताको सूचीमा

रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको सरकारले पुष्टि गरेको छ । नेपाल प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म १ हजार ५८ जनाको शव भेटिएको हो । त्यसमध्ये ३० जना बालक, ३५ बालिका, २ सय ३२ महिला र ३ सय ७१ पुरुष छन् । ३ सय ९० जनाको आंशिक अंग मात्रै फेला परेको छ ।

अहिलेसम्म ५८ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ भने ९ सय ७२ जनाको मुचुल्का गरी व्यवस्थापनको काम भइरहेको छ । ६ सय ८४ जनाको शव जमिनमुनि गाडिएको छ । ४ हजार ६ सय ३ जना बेपत्ताको सूचीमा छन् ।