‘ग्रीन आर्मी’ तत्काल खारेज गरियोस् : नेता आचार्य

नेकपा एमाले, प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले ग्रीन आर्मीलाई कसले वैधता दियो भन्दै प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत उनले भने– ‘नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो। नेपालको संविधान र कानुनले राष्ट्रिय सुरक्षा तथा सैन्य संरचनाको स्पष्ट व्यवस्था गरेको छ ।नेपाली सेना नै नेपालको एक मात्र संवैधानिक सैनिक संगठन हो ।

त्यसो भए ‘ग्रीन आर्मी’ कसले, कुन उद्देश्यले गठन र दर्ता गर्‍यो ?यसको नाम, संरचना र सैन्य स्वरूपलाई कसले र कुन कानुनी आधारमा वैधता दियो ? राज्यले यी प्रश्नको स्पष्ट र सार्वजनिक जवाफ दिनुपर्छ।’

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बाहेकका कुनै पनि समानान्तर सुरक्षा वा सैन्य संरचनालाई नेपालको संविधान र कानुनले नचिन्ने भन्दै उनले कुनै पनि सैन्य स्वरूपका संरचना तत्काल खारेज गरिनुपर्ने बताए ।