राम र कृष्ण फरक होइनन्, एकै हुन्, परक केवल रुप, युगको हो । रामको नामले आराम मिल्छ, कृष्ण नामले धाम प्रतिको कर्षण बढ्छ, राममा कृष्ण जोड्ने र शिबमा रामको नाम जोड्ने हाम्रो चलन छ । भगवानभन्दा उनको नाम ठूलो हुन्छ, भगवानभन्दा भक्त र भक्तभन्दा भक्ति ठूलो हो अर्थात् भगवानको सेवा । भगवानको दर्शन पाइयो भने हामी अत्तालिएर भाग्छौँ तर उनका नामोच्चारणले भव रोग निको मात्रै हुन्न भव सागर नै तर्न सहज हुन्छ र त अगाध भक्तिका कारण गोपीहरुले कृष्णको भैतिक अभावमा उनलाई भेट्न द्वारका वा मथुरा गएनन् वृन्दावनमै उनको नाम लिएर सय वर्ष व्यतीत गरे । पछि कुरुक्षेत्रमा ग्रहण स्नानका वेला माता यशोदा, रोहिणी लगायत, गोपिनीहरु र सुभद्रा, बलराम, कृष्ण र १६ हजार १०८ पटरानी भेट हुँदा वृन्दावन आएर कृष्णको बाल्यभाव माता यशोदाबाट पटरानीहरुले सुन्दा सबैको मन द्रवीभूत भई प्रेमको द्रव स्वरुप वैठक कक्ष बाहिर रहेका कृष्णको शरिर द्रवरुप भई जगन्नाथपुरीको निर्माण भएको र त्यहाँ हाल कलिको कृष्ण रस छ, जहाँ भोग लगाइएको चामलको प्रसाद एकादशीमा पनि ग्राह्य हुन्छ र कलिको साक्षात् भगवान त्यहीँ पाइन्छ जसरी अर्जुन श्रीकृष्ण नर नारायणका रुपमा बदरीनाथ धाममा पाइन्छन् ।
शिवलाई सशरिर पाइयो भने हामी भाग्छौँ, कारण उनको गलाको सर्पदखेर हामीलाई डर लाग्छ र त विश्व निर्माता, पालक र संहारी शिवले आप्mनो सहज रुप शिव लिँग धर्तीमा अवतरण गराएर उनको पूजा गर्ने परम्परा बसाल्नु भयो । कृष्णले के गरे होइन, राम कृष्णले के भने त्यो ठूलो आदर्श हो, शिवले विषको प्याला पिए हामीले त्यो होइन उनका नामबाट कथाको रसास्वादन बा उनका सन्दैशले जीवन सार्थक बनाउने हो । पीडा र र दुःख सबैलाई पर्छ । त्यसैले शास्त्रको कथन छ ईश्वरको नामबाट हामीलाई पीडा कम हुन्छ, मन रमाउँछ र भनिएको छ राम रामेति रामेति रमे रामे मनोरमे । सहश्र्रनाम तत्तुल्यं राम नाम वरानने ।। अहिले पनि काशीमा शिव डुलिरहन्छन् र उनले रामको नाम हरदम जपिरहन्छन् । हाम्रो स्थल त शिवालय हुँदै हो । पशुपति भष्मेश्वरमा जल्नाले मात्रै पनि सबै किसिमका पाप काटिएर मान्छेले उत्तम लोक पाउँछ । शरिर ३ किसिमको हुन्छ, स्थूल शरिर जल्छ, सूक्ष्म शरिरले सानो आकार लिई यमलोक बा धर्मलोक जान्छ, पुण्य गरे धर्मलोक पाप गरेको भए भयंकर यमलोक । मरेपछि त्यो लोकमा यहाँको बस्तु बा करेन्सी चल्दैन, अतः दानमा बस्तु वा धन लगाइरहनु पर्छ । त्यहाँ कसरी प्राप्त हुन्छ ? जसरी यहाँ बैँकमा जम्मा गरे पनि विदेशी देश अनुसारको करेन्सीबाट व्यक्तिले भूक्तानी पाउँछ, प्रयोगमा ल्याउँछ । हाम्रो यो स्थल अस्थायी डेरा हो, भाडा चुक्ता भएपछि फिर्ता हुनु पर्छ, जहाँबाट हाम िआयौँ त्यतै । पासपोर्ट र भिसा म्याद सकिएजस्तै हो । नरकबाट आएकाहरु यहाँ दान पुण्य नगरे पापको प्रभावले फर्कने नरकमै हो । धर्ती आउनु भनेको सबै पाप सकेर अन्त्यमा गाई रुप पनि लिइसकेपछि मानवको रुपमा, यसमा पुण्य कमाइयो भने जाने दिव्यलोक हो जहाँ पुगेपछि फर्कनु नपर्ने र थरी थरीका आमाका गर्भमा बास लिनु नपर्ने शास्त्रीय मान्यता छ, गीतामा भनिएको छ, यद् गत्वा न निवर्तन्ते तत् धाम परमं मम । कुवाको पानी झिकेपछि पानी सफा भए जस्तै दानबाट धन सफा हुन्छ ।
एक ज्याद्रो मान्छे पापी दूराचारी जीवनभरि नै कुकार्य गर्ने थियो । उसले मर्ने बेला यमदूतदेखि डराएर हाराम, एैय्या राम भनेछ, सिधै धर्मलोकमा खबर पुगेछ, उसका कुकृत्यका अभिलेख लिएर यमदूतहरु पनि आए, मृतकले रामको नाम मर्नेबेला एकपटक लिएकाले त्यो नै सर्वश्रोष्ठ ठानी यमलोक पुग्दा हरामी मनुवाले एक नामको मूल्य कति हो त्यसको हिसाव चुक्ता नभएसम्म म पापीहरु जाने नरक जान्न भन्दै अडान लिएछ । चित्रगुप्त र उनका मालिक यमराजलाई एक नामको महत्व संहिता, संविधान, कानुुन थाहा नहुँदा सृष्टिकर्ता ब्रह्मलकोमा जानु पर्ने सुझाएछन् । मनुवाले अडान लियो यहीँ बोलाउनु, म जान्न, बाध्य भई यमराजले काँधमा बोकेर ब्रह्मलोक लगेर सोध््दा ब्रह्माले भनेछन् । एकपल्टको नामको महत्व मूल्य त मलाई पनि याद छैन, धेरैपल्टको मात्रै विधान छ, ब्रह्मासंगै सबै समूह शिवलोक पुगे, बोकिएर शिवलोक पुगेको ज्याद्रो मान्छे मुस्कुराउँदै रहेछ, शिलोकबाट पनि समस्याको समाधान नहुँदा बोकिएरै ती समूह पगे वैकुण्ठधाम जहाँ श्रीविष्णु रहेका थिए । सोधनी गर्दा जुन लोकमा बोकिएर मान्छे आइसक्यो, चाहे दुष्कर्म नै किन नहोस् आइपुगेको छ, यो मेरो धाममा पुग्नेहरु अहिलेसम्म कोही फर्केका छैनन्, पर्कने ब्रह्मा ब्रहमलोकमा, शिवजी शिवलोकमा, यम यमलोकमा, यो मेरो भक्त यहीँ बस्छ, बस् खेल खतम, सबै हेरेको हेर्यै भएछन्, पापिष्ठ दुष्ट मनुवाले दिव्यधाम पाएछ, एक नाम लिँदा नै । अब भन्नूस् जानेर भक्तिका साथ धेरैपल्ट उनको नाम लिँदा, अनुष्ठान, दान, भक्ति गर्दा कति फल पाइएला ?
वेदले भनेको छ तन्मे मनः शिवसंकल्पमस्तु, शास्त्रको कथन छ सत्यं शिवं सुन्दरम् । सत्य नै शिव हो, उनको बाहन नन्दी धर्म हो, धर्मका चार पाउ सत्य, दया, तप र दान हो । पशुपति गएर नन्दीको दर्शन गर्नाले यी ४ तत्व बुभ्mनु पर्छ, मूर्ति भन्दा नाम ठूलो हुन्छ, सन्देश ठूलो हुन्छ, । सेतुमा पुल बनाउन ५ दिन लाग्यो बाँदरहरुलाई हाम्रो विज्ञानलाई कति वर्ष लाग्छ होला । हनुमानले ढुँगामा राम नाम लखेर समुद्रमा हाल्दा तैरिएर पुल बन्यो, स्वयं रामले ढुँगा हाल्दा भने ढुँगा ड्ब्यो, यसको आशय राम भन्दा उनको नाम ठूलो हो उनका हातबाट छुट्नु भनेको भवाटवीमा डुब्नु हो र उनका नाम नै उद्धारक मन्त्र हो । ५ वर्षका ध्रु्रवले नारद आज्ञा गुरुउपदेशले ६ महिनाको कठोर तप पछि भगवान पाए, दिव्य अकण्टक राज्य पनि पाए, ध्रुवलोक पनि पाए, तर सत्संगको अभावमा भाइ उत्तमको मृत्युमा वैरी साँध्न खोज्दा ब्रह्माण्ड नै तहस नहस हुन पुग्दा ब्रह्माले ध्रुवलाई सत्संग गराए कि युद्ध बन्द गर, वैरभाव कम गर । यसको अर्थ हुन्छ भगवान पाउँदैमा सबै ठीक हुन्छ भन्ने होइन असल सत्संगको आबश्यक पनि भइ नै रहन्छ, सबैलाई ।
कर्मको फल त सबैले भोग्नै पर्छ । परशुरामका ३ शिष्य संसारकै उच्चकोटीका द्रोण, भीष्म र कर्ण । गुरुलाई खुसी गराउन सक्ने शस्त्र विद्यामा । भीष्मले अघिल्लो जन्ममा सर्पलाई काँडामा हालेर मारेको पाप र पछिल्लो जन्ममा बलशाली उनले द्रौपदीको चीर हरण हुँदा मौन रहेको दुवै पापको फल मृत्यु शय््या उनको शरशय्या रहन पुग्यो । चाहेको भए द्रौपदीको रक्षा गर्न सक्ने उनले गरेनन् र यसै जन्मको फल यतिबेलै भोग्नु पर्यो, पहिलेको पनि फल भोग्न बाँकी नै थियो । कैकेयी देवकी भइन्, पहिलेको फल भोग्नु पर्दा ८ सन्तान जन्माए पनि स्तन पान गराउँन पाइनन्, विहेदेखि नै रडाको शुरु भयो, कैदमा रहनु पर्यो, कौशल्या यशोदा बनेर स्तन पान गराइन् पुत्र वात्सल्यता दिइन्, अरुकै सन्तानलाई, दशरथ पछि वसुदेव बने, कृष्णले आम देवकीलाई खुसी दिन शत्रु भइ कंसको बध गर्न १४ वर्षपछि मात्रै तयार भए, किनकि कैकेयीले रामको १४ वर्षको खुसी छिनाएकी थिइन्, यसो भनौँ हामीले पनि जे गछौँ त्यसको कर्मको फल आज, भोलि पर्सि बा कुनै समय भोग्नै पर्छ । अतः पुण्य कमाउँ पाप बा दुष्कर्म त्यागौँ आलेखको आशय ।


















