नेपाली सेनाले बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार कार्य ‘ब्रेक थ्रु’ नभएसम्म जारी राख्ने जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा सहायक रथी सुवासजंग थापाले सरकारले काम रोक्ने निर्णय नगरेसम्म उद्धार कार्य नरोकिने बताए ।
सेनाका अनुसार प्रभावित आयोजनामा करिब १२१ जना नागरिक फसेको अनुमान छ । रसुवागढी, त्रिशूली–३ ए, त्रिशूली–३ बी, चिलिमे हाइड्रो र माथिल्लो त्रिशूली–१ मा उद्धार तथा खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।


















