अमेरिका र बेलायतलगायतका विभिन्न देशले गत २३ भदौको जेन–जी विद्रोहको क्रममा ज्यान गुमाउनेको नाममा सरकारले घोषणा गरेको जेन–जी विद्रोह शहीद दिवसका अवसरमा शुभकामना दिएका छन् ।
जसमा नेपालस्थित अमेरिकी दूतावासले जेन–जी शहीद दिवसको शुभकामना दिएको छ । शुभकामनामा भनिएको छ, ‘नेपालका युवाको समृद्ध एवं आशाजनक भविष्यको आकांक्षाप्रति सम्मन व्यक्त गर्दछौँ ।’ त्यस्तै, लायती दूतावासले आन्दोलनको क्रममा ज्यान गएका युवालाई श्रदाञ्जलि दिएको छ भने आफन्त तथा परिवारजनलाई समवेदना दिएको छ ।
यसैगरी जेन–जी विद्रोहमा ज्यान गुमाएका युवाको पक्षमा विज्ञप्ति निकाल्ने अमेरिका, बेलायतलगायतका देशहरूको समूहको एक सदस्य देश जापानी दूतावासले पनि शुभकामना दिएको छ । उसले भनेको छ, ‘नेपाली युवापुस्ताको आशा र आकाक्षाहरू बिर्सिइने छैन ।’
तर, गत वर्षको जेन–जी विद्रोहमा राजनीतिक रूपमा सक्रिय अभिव्यक्ति नदिएका भारत, चीन तथा रुसलगायतका देश भने मौन छन् । यो समाचार तयार गर्दासम्म भारतीय दूतावासले बाढीको बारेमा मात्र उल्लखे गरेको छ भने चिनियाँ दूतावास पनि केही बोलेको छैन । रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा धेरै सक्रिय रुसी दूतावाासले पनि केही बोलेको छैन ।
जेन–जी विद्रोह हुँदा धेरैजसो भारतीय तथा रुसी मिडियाले कलर रिभोलुसन भनेका थिए भने चिनियाँ मिडिया खासै मुखर भएका थिएनन् । तर, अमेरिका, बेलायत, जापाानलगायतका देशका मिडियाले भने जेन–जी विद्रोहलाई ‘क्रान्ति’ सम्म भनेका थिए ।



















