भक्तपुर पुगेर देउवाले भने– छिट्टै देश दौडाहामा निस्कन्छु

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले छिट्टै देश दौडाहामा निस्कने बताएका छन् । भक्तपुरमा बुधबार आयोजित एक कार्यक्रममा आफूले सधैं जनताबाट माया पाएको भन्दै उनले फेरि देश दौडाहामा निस्कने बताएका हुन् ।

‘नेपाली जनताको माया र सद्भाव मैले पाएको छु । केही दिनअघि पनि पाएँ । यो मैले मात्रै पाएको होइन । सबैले पाएको माया हो,’ देउवाले भने, ‘जनताले दिएको मायालाई कदर गर्दै अगाडि बढ्नुपर्छ । म छिट्टै देशभर घुम्छु ।’