घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २ सय ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।