भोटेकोशी बाढी प्रभावित क्षेत्र रसुवामा हैजाविरुद्धको खोप अभियान सुरू

बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै रसुवामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरु भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक चार पालिकामा एक सातासम्म सञ्चालन हुने अभियानमा १ वर्षमाथिका सबै नागरिकलाई खोप दिइनेछ। ज्वरो वा पखाला भएका व्यक्तिलाई भने निको भएपछि मात्र खोप लगाइनेछ।

दूषित पानी र प्रतिकूल वातावरणका कारण हैजा जस्ता जलजन्य रोग फैलन सक्ने जोखिम उच्च रहने भएकाले पूर्वतयारी स्वरूप यो कदम चालिएको हो ।