ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएर बेइजिङ फर्किए राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी जिनपिङ १८ औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएर बेइजिङ प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना भएको दुई दिने ब्रिक्स सम्मेलन सकिएसँगै राष्ट्रपति सी स्वदेश फर्किएका हुन् । उनी सम्मेलनमा सहभागि हुन् हिजो दिउँसो नयाँ दिल्ली पुगेका थिए ।

सम्मेलनका क्रममा राष्ट्रपति सीले बहुपक्षीय सहकार्य, आर्थिक विकास, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा सहयोग र विश्वशान्तिका विषयमा जोड दिएका थिए । साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।