नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । चीनमा हुन गइरहेको एक कार्यक्रममा भाग लिनका लागि सेनापति सिग्देल आइतबार चीन प्रस्थान गरेका हुन् ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाका अनुसार असोज १ गतेसम्म प्रधानसेनापति सिग्देल चीन भ्रमणमा रहनेछन् । प्रधानसेनापतिको चीन भ्रमणले दुई देशबीच आपसी सैनिक सम्बन्ध बिस्तार हुने विश्वास रहेको सेनाले जनाएको छ ।


















