मुगुमा चार घण्टाभित्र दुई पटक भूकम्प

मुगुको कालै आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान चार घण्टाभित्र दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ः५१ बजे स्थानीय म्याग्निच्युड ४.५ र बिहान ४ः२८ बजे स्थानीय म्याग्निच्युड ४.२ को भूकम्प गएको हो।

दुवै भूकम्पको केन्द्रबिन्दु मुगु जिल्लाको कालै आसपास रहेको केन्द्रले जनाएको छ। भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै विवरण प्राप्त भएको छैन।