विश्वकर्मा पूजाको अवसरमा भद्रकाली मन्दिर परिसरमा श्रद्धालुको भीड

आज आश्विन सङ्क्रान्तिका दिन सवारीसाधन, कलकारखाना तथा विभिन्न मेसिनरी सामग्री र औजारको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइँदैछ। विश्वकर्मा पूजाको अवसरमा राजधानीको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुको भीड लागेको छ।

यस दिन विभिन्न कलकारखाना, उद्योग तथा कार्यस्थलमा भगवान् विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन छ। साथै सवारीसाधन, मेसिनरी उपकरण तथा औजारको समेत पूजा गर्ने गरिन्छ।