झापाको बिर्तामोडस्थित मुख्य बजार भद्रपुर रोडमा आगलागी भएको छ। सिद्धार्थ होटल नजिकै धौलागिरि पारिजात सहकारी रहेको घरको पूर्वपट्टिको घरमा आगो लागेको हो।
मुख्य बजार क्षेत्रमा आगलागी भएपछि आगो नियन्त्रणका लागि बिर्तामोड र भद्रपुर नगरपालिकाका दमकल घटनास्थल पुगेका छन्। आगो निभाउने प्रयास जारी रहेको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।


















