राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग भएको भेटमा नेपालको राष्ट्रिय झण्डा नराखिएकोप्रति विरोध जनाएका छन् । अर्थमन्त्री वाग्ले व्यक्तिगत भ्रमणमा भारत गएको हो कि नेपालको अर्थमन्त्रीको हैसियतमा गएको हो भन्ने प्रश्न उनले गरेका छन् ।
शाहीले लेखेका छन्, ‘भारतको दिल्लीमा नेपालको राजदूतावास छ । तर द्विपक्षीय वैठकमा एउटा नेपाली राष्ट्रिय झण्डासम्म राख्न नसक्नुको कारण के हो ?’


















