उत्तरी सिरियाको अलेप्पो प्रान्तको अल–ऐस शहरमा सोमबार बिहान विस्फोट भएको छ । बीबीसीले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै सिरियाली रक्षा मन्त्रालयको हतियार डिपोमा विस्फोट भएको रिपोर्ट गरेको छ ।
घटनापछि उक्त क्षेत्रको अवस्थाबारेमा आवश्यक जानकारी संकलन गर्ने काम भइरहेको जनाइएको छ। यद्यपि, अहिलेसम्म विस्फोटमा कुनै हताहत वा घाइते भएको आधिकारिक पुष्टि भने भएको छैन ।


















