साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा १३ सय रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















