नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा कडा रुलिङ गरेका छन् । ललितपुरमा सोमबारदेखि सुरु भएको बैठकमा ओलीले यस्तो ‘रुलिङ’ गरेका हुन् । बैठकलाई मर्यादित ढंगले चलाउने बताउँदै ओलीले भने,‘मोबाइल भोलिदेखि बाहिर राखिन्छ ।’ उनले बैठकमा मोबाइल चलाउन नपाइने, अडियो, भिडियो रेकर्ड तथा लाइभ गर्न नपाउने निर्देशन दिएका छन् ।
त्यस्तै, अध्यक्षको अनुमति लिएर मात्रै बोल्नुपर्ने उनको भनाइ छ । बैठक छोड्दा पनि अध्यक्षको अनुमति लिनुपर्ने ओलीको भनाइ छ । ‘मोबाइल हातमा हुँदैन, भिडियो र रेकर्ड मोडमा हुँदैन, लाइभ गर्न पनि पाइँदैन,’ ओलीले भने, ‘अध्यक्षको अनुमति लिएर बोल्नुपर्छ । बोल्नुपर्दा अध्यक्षसँग अनुमति लिएर अनुमति प्राप्त भएपछि मात्रै बोल्नुपर्छ । विशेष परिस्थितिमा अध्यक्षलाई लागेमा समय हेरफेर हुन सक्नेछ ।’
साथै, उनले केन्द्रीय सदस्यलाई बोल्नको लागि तीन मिनेटको समय दिएका छन् ।


















