नेकपा एमालेका अध्यक्ष केपी ओलीले अप्ठ्यारोमा चुनौतीको सामना गर्नुपर्नेमा आफूमाथि समस्या सिर्जना गर्ने काम भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले एक ढिक्का हुनुपर्नेमा समस्या सिर्जना गर्न नहुने बताएका हुन् ।
‘एमाले यतिबेला एकजुट भएर, एकढिक्का भएर अघि बढ्नुपर्ने अवस्थामा छ । प्रतिकूलताको सामना गर्नका लागि हामीमाथिको फाँसीवादी हमलाको प्रतिकार गर्न पनि हामी एकजुट भएर अघि बढ्नुपर्ने थियो,’ ओलीले भने, ‘ तर, पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू समस्या सिर्जना गर्नका लागि उद्यत भए । उनीहरूले समस्या सिर्जना गरेका छन् ।’
अध्यक्ष हटाउनुपर्छ भनेर मिडियामा खुलेआम बहस गरेको भन्दै ओलीले आपत्ति जनाए । विपक्षीलाई खुसी बनाउने यस्तो प्रवृत्ति छोड्न पनि ओलीले निर्देशन दिए ।


















