मानव अधिकार आयोग पुगे एसएसपी खड्का

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेका छन् ।

आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउबारे बुझ्न सोमबार पत्राचार गर्दै खड्कालाई बोलाएको थियो । पत्राचारपछि उनी आयोगको कार्यालय पुगेका हुन्।