नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री शाह र राजदूत श्रीवास्तवबीच मंगलबार बिहान सिंहदरबारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
‘नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लाग्नुभएका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर सम्माननीय प्रधानमन्त्रीज्यूसँग भेट गर्नुभएको हो’, प्रधानमन्त्रीको सचिवालयको सूचनामा भनिएको छ ।


















