दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश, बने मनाङ संयाेजक

राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका छन् । मंगलबार कांग्रेसको १५औँ महाधिवेशन तयारीका क्रममा डा. शशांक कोइरालाले मनाङेलाई पार्टीमा स्वागत गरेका हुन् । कोइरालाको सचिवालयका अनुसार मनाङे देउवा समूहमा आबद्ध भएका हुन् ।

मनाङेलाई संस्थापन इतर समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले पार्टी प्रवेश गराएका हुन् ।