सुनको मूल्य १ हजार ४०० रुपैयाँले घट्यो

नेपाली बजारमा आइतबार सुनको मूल्य १ हजार ४०० रुपैयाँले घटेको छ । अघिल्लो साताको शुक्रबार प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज तोलामा १ हजार ४०० रुपैयाँले घट्दै २ लाख ९१ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले घट्दै ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो चाँदी तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।